लाप्चाको सीमा एकीन गर्न विज्ञ टोलीको माग, हुम्लाका ४७ प्रजिअले नदेखेको कुरा–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • लाप्चाको सीमा एकीन गर्न विज्ञ टोलीको माग, हुम्लाका ४७ प्रजिअले नदेखेको कुरा

लाप्चाको सीमा एकीन गर्न विज्ञ टोलीको माग, हुम्लाका ४७ प्रजिअले नदेखेको कुरा

लाप्चाको सीमा एकीन गर्न विज्ञ टोलीको माग, हुम्लाका ४७ प्रजिअले नदेखेको कुरा

कर्णबहादुर रोकाया, हुम्ला, १२ असाेज । पछिल्लो समय चर्चा आएको र ल्याइएको लिमीको लाप्चा क्षेत्रको सीमाको अन्तराष्ट्यि रेखा एकीन गर्न गराउनका लागि हुम्लामा विज्ञ टोलीको माग गरिने भएको छ । यसबाट दुई देश बीचको व्यावहारिक र सैद्धान्तिक सीमा सवालको बारेमा जानकारी हुन आवश्यक देखिएको छ ।

नेपालको उत्तरी बिन्दु नाम्खा गाउँपालिकाको लाप्चा भञ्ज्यांगलाई नेपालकै उत्तरी बिन्दु मानिएको छ । यहाँको दुई देशीय भूमिको आधार रेखा र क्षेत्र ऐतिहासिक कालखण्डदेखि वर्तमानसम्म सामरिक, सामाजिक, भौगोलिक, राजनीतिक र सांस्कृतिक रुपमा अति महत्वपूर्ण रहेको छ । यसैले पनि पछिल्लो समय हुम्लाको लिमीको सीमा सवालको बारेमा व्यापक चर्चा परिचर्चा भएको हुम्लाका सामाजिक अध्येताहरुको विश्लेषण रहेको छ ।

हुम्लाका विभिन्न राजनीतिक दलहरु, स्थानीय प्रशासन र सुरक्षा निकायहरु र अन्य आमसरोकारवालाहरुको लागि चर्चाको विषय बनेको हुम्ला नाम्खा गाउँपालिकाको लिमी लाप्चाको सीमा प्रयोगको बारेमा जानकारी लिन दिन अन्तराष्ट्यि चासो र सन्दर्भ अतिमहत्वपूर्ण र संवेदनशीलमा स्थानीय प्रशासनले हल्का लिंदा यो समस्या आएको नाम नबताउने शर्तमा स्थानीय प्रशासनका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

उनले भने यो संवेदनशील कुराका बारेमा विचारै नगरी बोल्नु भनेको आगोको भुँग्रो आफ्नो टाउको खनाउनु जस्तै हो । हुम्लाको सदरमुकाम सिमकोटबाट वर्षाको समयमा त्यहाँ पुग्न मात्र हप्ता दिन लाग्ने र उच्च पठार क्षेत्र भएकाले प्रशासन तथा अन्य जिम्मेवार निकायले प्रति वर्ष सरकारले तोकेको नीति निर्देशन र अन्य सीमा रिपोर्टिगलाई भत्ता खाने माध्यम बनाउँदा यस्तो समस्या आएको स्थानीय जानकारहरुको अरोप रहेको छ ।

लिमी लाप्पाबाट हाल हुम्ला जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली फर्केर आएको आधा हप्ता हुँदा पनि मुख खोल्नु भएको छैन । वि सं २०२३ सालबाट हालसम्म हुम्लामा ४७ जना सिडियो हुम्लामा कार्यरत भइसकेको छन् । हालसम्म पनि सैद्धान्तिक रुपमा मात्र जिल्लाका कोठे बैठकहरुमा नीतिगत जानकारी केन्द्रलाई दिन यो सीमाको स्तम्भ छैन, त्यो सीमाको स्तम्भ छैन भन्ने चर्चा हुने गरेको छ तर स्थलगत रुपमा न कुनै दस्तावेज छ, न त कुनै जानकारी र स्थानीय सरोकारवाला सीमाका नागरिकसँग समन्वय भएको देखिन्छ ।

हुम्ला जिल्लामा वि सं २०३५ सालमा सीमा प्रशासन कार्यालय स्थापना भएर वि।सं। २०५० सालमा खारेज भएको थियो । हाल यी कार्यालयले संकलन गरेका दस्तावेज कहाँ कस्तो अवस्था छन् त्यो बारेमा नयाँ नयाँ आउने सिडियो र अन्य कर्मचारीहरु पनि जानकार छैनन् ।
पछिल्लो समय हुम्लामा राजनीतिक दलहरु, स्थानीय नागरिक तथा जिम्मेवार निकायले उत्तरी सीमा एकीन गर्न गराउने विज्ञ टोली माग गर्नु उपयुक्त हुने नेकपा हुम्लाका केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोधले जानकारी दिएका छन् ।

विभिन्न दस्तावेजहरु हेर्दा र अध्ययन गर्दा हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ लिमीको लाप्चा भज्यांगको ललुंगजोंङ, गबुदोचा, टाइलकुराप, च्याक्पालुंग, ठुइकु र अन्य क्षेत्रहरुको बारेमा दुबै देशका जिम्मेवार प्रशासक, स्थानीय नागरिक, सरोकारवाला र विज्ञ टोलीले एक पटक गएर उत्तरी सीमाको व्यावहारीक र सैद्धान्तिक जानकारी आदानप्रदान गर्नु पर्ने आवश्यकता रहेको छ । न कि दुबै देशलाई भडकाउने प्रोपोगण्डाको खेती

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका