हुम्ला माँसीधाराको टेलिफोन टावर बिग्रीयो, चंखेली गाउँपालिका सम्पर्क बिहीन–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • हुम्ला माँसीधाराको टेलिफोन टावर बिग्रीयो, चंखेली गाउँपालिका सम्पर्क बिहीन

हुम्ला माँसीधाराको टेलिफोन टावर बिग्रीयो, चंखेली गाउँपालिका सम्पर्क बिहीन

हुम्ला माँसीधाराको टेलिफोन टावर बिग्रीयो, चंखेली गाउँपालिका सम्पर्क बिहीन

कर्णबहादुर रोकाया, हुम्ला, १२ असाेज । हुम्लाको दक्षिण पूर्वी गाउँपालिकाको माँसीधारामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा चंखेली गाउँपालिका सञ्चार बिहीन भएको छ । यसबाट स्थानीयहरुलाई एक हप्तादेखि टेलिफोन गर्न गाह्रो भएको छ ।

यसबाट चंखेली गाउँपालिकाको केन्द्रे पीप्लांग, दार्मा, मिमी, रिमी, मेल्छाम, पाली, मेखाला, पुमा, माँसीधारा लगायत करीब चार हजार मानिस यसबाट प्रभावित भएका छन् ।

केही अत्यावश्यक कामका लागि सम्पर्क गर्न कि त सर्केगाडमा जानु पर्ने र कि मुगुको गमगडी पुग्नु पर्ने बाध्यता रहेको चंखेली गापा १ बोहराबाडाका जसे बुढाले बताए ।

यसबाट नेपाल टेलिकम सिमकोट कार्यालयलाई सम्पर्क गर्दा यसका लागि आवश्यक पहल भएको जानकारी प्राप्त भए पनि मर्मत गर्नका लागि आवश्यक पहल हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका