उपत्यका कै मेयरले भने - 'कोरोना नियन्त्रण हुन सिंहदरबारका दुईचार जनाको मृत्यु हुनुपर्छ'–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • उपत्यका कै मेयरले भने – ‘कोरोना नियन्त्रण हुन सिंहदरबारका दुईचार जनाको मृत्यु हुनुपर्छ’

उपत्यका कै मेयरले भने – ‘कोरोना नियन्त्रण हुन सिंहदरबारका दुईचार जनाको मृत्यु हुनुपर्छ’

हेर्नुहोस असोज १२ गतेका मुख्य समाचारहरु

उपत्यका कै मेयरले भने – ‘कोरोना नियन्त्रण हुन सिंहदरबारका दुईचार जनाको मृत्यु हुनुपर्छ’

पाेखरा, १२ असाेज । कोरोना संक्रमण नियन्त्रण बाहिर जानुमा सिंहदरबारका मनिस दोषी रहेको आरोप उपत्यका नगरपालिका मेयर फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले लगाएका छन्। श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुईरचार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने टिप्पणी गरे।

रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन्। देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनुमा सिंहदरबार नै दोषी भएको उनको टिप्पणी थियो।

कोरोना नियन्त्रणमा सरकारको लापरवाही देखियो, उनले भने, सिंहदरबारमा दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न सकिने अवस्था छैन।

यो संगै आजका अन्य मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका