हुम्लाको लिमी जहाँ साठी वर्ष नाँघेपछि घरमुलीबाट लिनुपर्छ अवकाश–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • हुम्लाको लिमी जहाँ साठी वर्ष नाँघेपछि घरमुलीबाट लिनुपर्छ अवकाश

हुम्लाको लिमी जहाँ साठी वर्ष नाँघेपछि घरमुलीबाट लिनुपर्छ अवकाश

हुम्लाको लिमी जहाँ साठी वर्ष नाँघेपछि घरमुलीबाट लिनुपर्छ अवकाश

कर्णबहादुर रोकाया, हुम्ला,  १२ असाेज । लिमी हुम्लाको सबभन्दा ठूलो गाविस हो । यहाँ साठी वर्ष पुगेपछि घरमुलीबाट अवकाश लिनुपर्छ । यो जिम्मा घरपरिवारको अन्य सदस्यमा अनिवार्य रुपम सर्छ । लिमी गाविस अनौठो ठाउँ र अनौठो गाउँ पनि हो । बाहिरबाट हेर्दा जति विकट छ भित्रबाट अनुभव गर्दा त्यति नै सुगम पनि छ ।

यो गाविस बौद्ध धर्माबलम्बीहरू भएको बहुपति प्रथामा आधारित विवाह पद्धति रहेको छ । यहाँ प्रत्येक घरबाट एक जना छोरा गुम्बाको टोपे हुनुपर्दछ । १५ वर्षभन्दा तल र ६० वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिहरु सामुदायिक तथा सार्वजनिक कामका लागि योग्य मानिंदैन भने कुनै पनि नीति नियमका लागि निर्णायक पनि हुँदैनन् ।

वर्षको दुई पटक बस्ने गाउँको थीति बन्दमा प्रत्येक घरको मुली उपस्थित नभएमा गाउँको कचहरीहरूले तोकेको महङ्गो यो गाविसको तीन वटै गाउँ भौगोलिक रुपमा चार हजार मिटर र योभन्दा धेरै उचाईमा रहेका गाउँको बस्ती रहेको छ ।

यहाँको लुगाहरु ऊनीका बाक्लो लुगाहरू लगाइन्छ भने खानाको परिकारमा मासुजन्य झोलिलो पदार्थको अनिवार्यता रहेको छ । यहाँ फुरुको कचौरा र चिरु र ऊनी लुगाहरुको प्रयोग गरिएको पाइन्छ । गाउँ तथा विकासको कामका लागि १५ वर्षभन्दा तल र ६० वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिहरु सामुदायिक तथा सार्वजनिक कामका लागि योग्य मानिंदैन भने कुनै पनि नीति नियमका लागि निर्णायक पनि हुँदैनन् ।

वर्षको दुई पटक बस्ने गाउँको थीति बन्दमा प्रत्येक घरको मुली उपस्थित नभएमा गाउँको कचहरीहरूले तोकेको महङ्गो जरिवान तिर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ । यसैले देश विदेश जहाँ भए पनि अनिवार्य रुपम उपस्थित हुनु जरुरी मानिन्छ । हुनेखानेहरु आफ्ना घरका जेष्ठ नागरिकहरूका लागि गाउँ नजीकै ध्यान गर्ने गुफा अर्थात् वानप्रस्थ कुटीको व्यवस्था गरिएको हुन्छ भने नहुनेहरूको व्यवस्था घरमा नै गरिएको हुन्छ ।

साठी वर्ष पुगेका घरमुलीबाट नयाँ घरमुली हुनेको नाममा घर व्यवहारको जिम्मेवारीका साथै चलअचल सम्पत्ति र जायजेथा पनि नयाँ घरमुलीको नाममा सर्ने परम्परा रहेको छ । तर पनि बहुपति प्रथामा सन्तानको हकमा आमा निर्णायक भए पनि यो जिम्मेवारी महिलालाई दिने गरिएको छैन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका