हुम्लामा खर्च भएन सहुलियत हवाईभाडा बीस लाख रकम–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • हुम्लामा खर्च भएन सहुलियत हवाईभाडा बीस लाख रकम

हुम्लामा खर्च भएन सहुलियत हवाईभाडा बीस लाख रकम

हुम्लामा खर्च भएन सहुलियत हवाईभाडा बीस लाख रकम

कर्णबहादुर रोकाया, हुम्ला , १२ असाेज । हवाई भाडा महंगो भएका कारण हुम्लाका जेष्ठनागरिक र पूर्णअपांगता भएका नागरिकहरूलाई औषधी उपचार लगायत अन्य काममा आउनजान समस्या भएकाले यो वर्ष कर्णाली प्रदेश सरकारले २० लाख सहुलियत हवाईभाडा विनियोजन गरेको छ ।

गतवर्ष पनि यस्तो कार्यक्रमका लागि विनियोजन गरिएको बजेट फ्रिज गरेको थियो । यो वर्ष कोरोना भाइरसका कारण विभिन्न ठाउँहरूबाट विभिन्न पेशामा आवद्ध भएका हुम्लाका जेष्ठनागरिक र पूर्णअपांगता भएका नागरिकहरूलाई हवाई भाडा सहुलियतको सुविधा लिनका लागि वन डिभिजन कार्यालय हुम्लाले सूचना जारी गरेको जानकारी उक्त कार्यालयका कार्यालय प्रमुख निरज झाले जानकारी दिएका छन् ।

यही असार १८गतेसम्म हवाईजहाजबाट आएका हुम्लाका जेष्ठनागरिक र पूर्णअपांगतका भएका नागरिकहरूले आफ्नो पहिचान खुल्ने परिचयपत्र, नागरिकताको प्रमाणपत्रकोे प्रतिलिपि, जहाजको टिकट र बोडिंगपास सहित निवेदन दिए यो सेवा लिन सकिने भएको छ ।
यो वर्षका लागि सहुलियत हवाई भाडा बीस लाख भए पनि यो केही रकम प्रयोग भएर अरु फिर्ता गएको छ ।

यसमा विभिन्न कारणहरु रहेका छन् जसमा एकातिरा बजेट असार मात्र आउने र अर्को जिम्मेवार कार्यालयले समयमै सूचना प्रवाह नगर्ने कुराहरु रहेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका