हुम्लामा पर्यटन र पर्यटन शिक्षाको आवश्यकता–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • हुम्लामा पर्यटन र पर्यटन शिक्षाको आवश्यकता

हुम्लामा पर्यटन र पर्यटन शिक्षाको आवश्यकता

हुम्लामा पर्यटन र पर्यटन शिक्षाको आवश्यकता

कर्णबहादुर रोकाया, हुम्ला, ११ असाेज । अतिथि देवो भव  भन्ने शव्दार्थले नै स्पष्टका साथ आगन्तुकलाई सम्मान गर्ने नेपाली परम्पराको भाव झल्किएको छ । पर्यटनका बारेमा हाम्रा परम्पराहरुमा पनि अनैकौं प्रकारका उक्तिहरु पाइन्छन् ।

पर्यटन व्यवसायको शुरुवात सदियौंदेखि भए तापनि प्रमाणित रुपमा चार हजार वर्ष पहिले इजिप्टका राजा शुल्गीले आफ्नो राज्यमा आउने यात्रुहरुका लागि चौडा बाटो, राम्रा बगैंचा र आरामगृह बनाएको कुराको अभिलेख नै हालसम्मको पर्यटनको प्रमाणिक पहिलो दस्तावेज हो ।

नेपालको सन्दर्भमा पर्यटन व्यवसायको लागि नेपालको एकीकरण पूर्व र एकीकरणपछि दुई चरणमा हेर्ने गरिए पनि कर्णालीको सन्दर्भ अलि फरक छ । कर्णाली अञ्चल बृहद खश साम्राज्यको आधारखण्ड भएकोले यहाँ राज्यद्वारा नै यात्रुहरुका लागि चल्तीमा ल्याइएका धारा, कुवा, पाटीपौवा, धर्मशाला, बिसौनी, कोसेढुङ्गा, गुठी तथा धर्मभकारीहरुका अवशेषहरु अझै हाम्रा गाउँघरमा देख्न पाइन्छन् । जस्तै स् सिमकोटको दोचादोफर गुठी, चंखेली, मारघोर, नारा तथा छुँउसामा बनाइएका पौवाहरु यसका प्रमाणहरु हुन् ।

कर्णालीको आर्थिक मेरुदण्डको आधार उत्तर दक्षिण राजमार्गको विकास गरिएको थियो । यो राजमार्ग बर्दियाको दानव भूताल, सुर्खेतको काँक्र्रे विहार, दुल्लुको पाथरनाउली, सिञ्जा, चंखेली, दार्मा, पंखा, मारघोर, सिमकोट, गीरखेल्न, याल्वाङचौर, यारी, नारा, तालाखार, मानसरोवर–कैलास, डिगर्चाहुदैँ ल्हासाको पोतला दरवारसम्मको राजमार्गमा वर्षा समयमा उत्तरतिर ७४ प्रकारका सामानहरु र दक्षिणतिर १११ प्रकारका सामानहरुको व्यापार हुन्थ्यो । यसबाट एकातिर धार्मिक पर्यटनको विकास भएको थियो अर्कातिर आर्थोपार्जन हुन्थ्यो ।

यसै सन्दर्भमा कर्णाली प्रदेशको ३६ कर प्रर्णालीमा प्राकृतिक तथा साँस्कृतिक आयाममा प्राकृतिक साधन स्रोतहरुको अति महत्वपूर्ण स्थान र यात्रा वृतान्तसँग सम्बन्ध रहेको छ । राजा गगनीराजको यात्रा यसैको एक जीउँदो प्रमाण हो । यसमा यात्राका क्रममा साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक र आर्थिक प्रसंगहरुको बयान गरिएको छ ।

हुम्लामा आन्तरिक रुपमा यात्राका अनेकौं सन्दर्भमा अनेकौं प्रशंगहरु भए पनि यहाँ आधिकारिक रुपमा पर्यटनको कहिले विकास भएको कुराको एकिन लेखोट छैन । हुम्लामा पर्यटनको शुरुवात खस राजाको पालादेखि नै भएको पाइन्छ ।

तर पनि पर्यटनको शाब्दीक शब्दार्थ पर्यटनको शाब्दिक शब्दार्थलाई नियाल्दा यात्रा गर्नु वा घुम्नु हुन्छ । यसरी यात्रा गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ । आफु स्थायीरुपले बसोबास गरिरहेको ठाउँबाट अन्यत्र कतै कुुनै उद्देश्य लिएर घुम्छ र त्यहाँ आफूले ल्याएको पैशा खर्च गर्छ भने त्यसलाई पर्यटक भनिन्छ । पर्यटक स्वदेशी र विदेशी दुवै हुन सक्छन् । पर्यटक हुनका लागि निम्न कुराहरु आवश्यकता पर्दछन् ।

जस्तै :
१  आफ्नो स्थायी वसोवास भएको ठाउँबाट अन्यत्र गएको हुनुपर्ने
२ घुम्न गएको ठाउँमा आर्थिक आयका लागि संलग्न नभएको हुनु पर्ने
३ कम्तीमा पनि २४ घण्टा बिताएको हुनु पर्ने

हुम्लामा पर्यटनको सम्भावना
हुम्ला प्राकृतिक तथा साँस्कृतिक रुपमा सम्पन्न स्थान भएको हुनाले यहाँ अनेकौ प्रकारका पर्यटनका प्रकारहरुको सम्भावना रहेको छ । यो विविधता नै यहाँको अनमोल धन हो । जसको समुचित दोहनले आय आर्जनको बाढी आउन सक्छ । तर उसका लागि विभिन्न प्रकारका पूर्वाधारहरुको विकास विस्तार गर्न अति आवश्यक रहेको छ ।

जस्तै :
१ यातायात
२ आवास
३ सूचना
४ फोहोरमैला व्यवस्थापनको सुविधा
५ स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था
६ खानेपानीको सुविधा
७ मनोरञ्नको सुविधा
८ सञ्चारको सुविधा
९ उर्जाको व्यवस्था
१० सूचनाको सुविधा
११ अन्य सुविधा (अतिथि सत्कार, बजार व्यवस्थापन) आदि
न्यूनतम रुपमा माथि उल्लेखित कुराहरुको विकास भएमा आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने सम्भावना छ । हालका अवस्थामा हुम्लालाई मुख्य रुपमा तीन क्षेत्रमा पर्यटनको विकासको विस्तार गर्न सकिने देखिएको छ ।
१ सिमकोट लिमी क्षेत्र
२ सिमकोट मानसरोवर कैलास क्षेत्र
३ सिमकोट राराक्षेत्र
४ सिमकोट रानीसैन क्षेत्र
५ सिमकोट चाङला क्षेत्र
६ सिमकोट रलि¨ क्षेत्र
७ सिमकोट नेप्का क्षेत्र
८ सिमकोट बडिमालिका क्षेत्र
९ सिमकोट मारघोर क्षेत्र

यसका अलवा हुम्ला जिल्लाभरि विभिन्न प्रकारका पर्यटनका लागि विकास गर्न सकिने प्रवलता रहेको छ । पर्यटनका विभिन्न किसिमहरु रहेका छन् ।

जस्तै :

१ ग्रामीण पर्यटन
२ समुदायमा आधारित पर्यटन
३ दिगो पर्यटन
४ वैकल्पिक पर्यटन
५ गरिबमुखी पर्यटन
६ उत्तरदायी पर्यटन
७ नियन्त्रित पर्यटन
८ लक्ष्य–निर्धारित पर्यटन
९ चल्ती पर्यटन
१० पर्या पर्यटन
माथि उल्लेखित पर्यटनका विभिन्न किसिमहरु मध्ये धेरै किसिमका पर्यटनहरु हुम्लामा प्रचलनमा ल्याउन सकिने भए पनि स्थानीय समुदायहरुको व्यावसायीक चेतनाको न्युनताका अभावका कारण पर्यटनको विकास हुन सकेको छैन ।

पर्यटन शिक्षाको आवश्यकता :
पर्यटनको विकास र विस्तारका लागि पर्यटक, पर्यटक व्यवसायी, स्थानीय समुदाय र स्थानीय निकायहरुका लागि पर्यटन शिक्षा दिन अति आवश्कता छ । यसका लागि विभिन्न माध्यमहरु प्रयोग गर्न सकिन्छ । जस्तै स्– पोस्टर, पम्पलेट, साइन बोर्ड, गाइड बुक, सूचना केन्द्र, वृतचित्र, संग्राहलय, रेडियो, एफएम, पत्रपत्रिका, इन्टरनेट, चेतनामुलक कार्यक्रम आदिका माध्यमबाट पर्यटन शिक्षा दिन सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका