''जागौ पोखरा'' अभियानद्धारा आज पोखरामा शान्तिपूर्ण र्‍याली सम्पन्न–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • ”जागौ पोखरा” अभियानद्धारा आज पोखरामा शान्तिपूर्ण र्‍याली सम्पन्न

”जागौ पोखरा” अभियानद्धारा आज पोखरामा शान्तिपूर्ण र्‍याली सम्पन्न

”जागौ पोखरा” अभियानद्धारा आज पोखरामा शान्तिपूर्ण र्‍याली सम्पन्न

पोखरा, ११ असाेज । चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं चरणको अनशन बसिरहनु भएका सत्याग्राही डा.गोबिन्द के.सि को अनसन आज १४ औ दिनमा ”जागौ पोखरा” अभियानले आज पोखरामा शान्तिपूर्ण र्‍याली सम्मपन्न गरेको छ ।

के. सि का मागहरु यथाशीघ्र पुरा गर्दै, उनको जिवन रक्षाको माग सहित ”जागौ पोखरा” अभियानले आज चौथो चरणको ध्वनी सहितको शान्तिपुर्ण र्‍याली पोखराको सभागृह चोक देखि न्युरोड, बिपि चोक हुँदै मानव अधिकार चोक सम्म गरेको छ ।

केसिको समर्थनमा भैरहेको प्रदर्शनका दिनहरु थपिदै जाँदा प्रदर्शन थप चर्काउँदै लगिएको छ । मौन प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पछिल्ला दिनमा भने ध्वनी सहितको र्‍याली समेत गर्न थालेका छन् । सत्याग्रहमा बसेका डाक्टर के.सीको जीवन रक्षाको लागि पोखरामा आज थाल, सिठ्ठि, शङख, मादल, डमरु आदि बजाउदै सरकारलाई खबरदारी गरिएको छ ।

कायक्रममा उल्लेख ब्यक्तिहरु उपस्थिती रहेकोमा सबै प्रती आभार प्रकट गर्दै अभियानका सुचना अधिकारी कृष्ण बरालले सात्यग्राही डा. केसिको स्वास्थ नाजुक बन्दै जादा समेत सरकारले बेवास्ता गरेको भन्दै असोज १३ गते मंगलबार पुन आज कै स्थान र समयमा ध्वनि सहितको अझ बृहत र्‍याली गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको अन्त्यमा बोल्दै अभियान संयोजक शिरीष गुरुङले हामी नेपाली सधै मृत्यु पछि मात्र राम्रो ब्यक्ति भन्दै प्रशम्सा गर्ने प्रवृत्ति हाबी रहेको भन्दै, डा. के.सि लाई मर्न बाध्य नबनाउन आग्रह गर्दै सम्पुर्ण सचेत नागरिकलाई वहाँलाई बचाउन आग्रह गर्नुभयो । मेडिकल माफियाको अन्त्य गर्ने, शिक्षा र स्वास्थ्य सुलभ हुनुपर्छ भन्ने माग नेपाल र नेपालीको लागि अपरिहार्य भएको उनको भनाई छ ।

”जागौं पोखरा” अभियान सामाजिक विकृति, भ्रष्टाचार, ब्यतिथी, विसंगतिका विरुद्ध आवाज उठाउदै आएको स्वतन्त्र अभियान हो । यस अघि अख्तियारलाई झकझकाउन, ध्यानाकर्षण तथा धर्ना, पोखरा महानगरको १३ करोड लगाएत कर्मचारीको समपत्ती छानबिन गरि सार्वजनिक गर्ने जस्ता माग सहित एक हप्ते धर्ना कार्यक्रम, यातायात कार्यलय र विद्युत कार्यलयमा सेवाग्राहीले पाएका समस्या लिएर ध्यानाकर्षण गराउदै धर्ना, विकासमा जनसहभागिता हुनुपर्छ भन्दै पोखराका सडकमा रहेका खाल्डाखुल्डी पुर्न सडक डिभिजन कार्यलय सङ समन्वय गरेर खाल्डाखुल्डी पुर्ने लगायतका कार्यलाई अभियानकै रुपमा पनि अगाडि बढाउँदै आएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका