भाटभटेनी पोखराले भन्यो - "अहिलेसम्म सबै शाखाका कर्मचारी सुरक्षित छन्" – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • भाटभटेनी पोखराले भन्यो – “अहिलेसम्म सबै शाखाका कर्मचारी सुरक्षित छन्”

भाटभटेनी पोखराले भन्यो – “अहिलेसम्म सबै शाखाका कर्मचारी सुरक्षित छन्”

भाटभटेनी पोखराले भन्यो – “अहिलेसम्म सबै शाखाका कर्मचारी सुरक्षित छन्”

पोखरा, ११ असोज । पोखराको न्यूरोड स्थित भाटभटेनी सुपर मार्केटका कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि नभई हिम इलेक्ट्रोनिक्स सामसुङका कर्मचारी भएको बुझिएको छ ।

भाटभटेनी पोखराका प्रवन्धक विनोद भट्टराइले समाचारपाटी डटकम संग कुराकानी गर्दै भन्नुभयो – भाटभटेनीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भनिएको छ, त्यो सत्य होइन । हाम्रो स्टोर्समा विभिन्न कम्पनिहरुले सेल्स प्रतिनिधि राख्ने गर्दछन् । उनिहरुले बेलाबेलामा आएर आफ्नो कम्पनिको सामानको अवस्था, व्यापारको स्थिति र उपभोक्ताको प्रतिक्रिया लिएर जाने गर्दछन् । त्यसै मध्येको सामसुङका आधिकारीक बिक्रेता भाइलाई देखिएको हो ।

भट्टराईका अनुसार ति व्यक्ति यस अघि पनि कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । उनि यस अघि पनि ट्र्सिङमा परेर एक हप्ता घरमा बसेका थिए । त्यसपछि उनि आफै सजग भएको देखिएको छ । भट्टराईले भन्नुभयो – “हाम्रो स्टोर्समा आउदा पनि सामाजिक दुरी कायम गर्ने अरुसंग नजिक नपर्ने, खाजा पनि बाहिर गएर खाने गर्दथे । तर उनको कोरोना संक्रमण पुष्टि भएपछि हामीले स्वास्थय कार्यालयसंग सल्लाह गर्यौ ।” उहाँहरुको सुझाव अनुसार उनको नजिक आएका एक जना व्यक्तिलाई घरमै बस्न र स्वास्थ्य सचेतना अपनाउन भनेको उहाँले बताउनुभयो । भट्टराईका अनुसार ७ दिन देखि उनि भाटभटेनी आएका थिएनन् ।

ति व्यक्तिको केहि समय पहिला दुर्घटनामा परे टाउकोमा चोट लागेको र टाउकोमा राखिएको स्टिल झिक्न अप्रेसन गर्न जाने क्रममा पिसिआर टेस्ट गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको जनाइएको छ ।

यसैबीच ति व्यक्तिबाट भाटभटेनीमा संक्रमण फैलीने कुनै पनि संभावना नभएकाले भाटभटेनी बन्द नरहेको भट्टराईले जानकारी दिनुभयो । “हामी पनि सचेत छौँ, हामीकहाँ आउने हाम्रा सेवाग्राहीको हामीलाई पनि चिन्ता हुन्छ, उहाँले भन्नुभयो हाम्रा गहाकको चिन्ता हामीलाई पनि छ, हामी यसमा सचेत छौ र सुरक्ष्ति तरिकाले काम गरिरहेका छौँ ।” भट्टराईले दोहोर्याउनुभयो – “हामीले भाटभटेनीमा आउने प्रत्येक ग्राहकको तापक्रम परीक्षण गरेर,अनिवार्य माक्स त्यसपछि हातमा सेनेटाइजर लगाएर सामान खरिद गर्नका लागि प्रवेश दिन्छौं-हामी कहाँ आउने ग्राहकको सुरक्षालाई हामीले ध्यानमा राखेका छौं भने हाम्रा सबै कर्मचारीहरुले पनि उच्च सतर्कता अपनाएका छन्, आजका दिनसम्म सबै शाखाका कर्मचारीहरु सुरक्षित छन् ।”

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका