गण्डकी प्रदेशमा फेरी थपिए १३ जना कोरोना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा फेरी थपिए १३ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १३ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १३ जना कोरोना संक्रमित

पाेखरा, १० असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६७३ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  नयाँ १३ जना  कोरोना  संक्रमितहरु थपिएका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका ५३ र ५७ बर्षीय पुरुषहरु गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयमा कार्यरत व्यक्ति हुन, भने ४९ बर्षीय पुरुष स्वास्थ्य निर्देशनालयमा रहेको WHO IPD मा कार्यरत व्यक्ति हुन ।

पोखरा महानगरपालिका-७ का २२ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत व्यक्ति हुन । तनहुँ जिल्ला, ब्यास-११ का १६ बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित चरक मेमोरियल अस्पतालमा उपचाररत  रहेका छन ।

भने भिमादका २ जना पुरुषहरु भारतबाट आएका  हुन  अन्य सबै contact tracing बाट पहिचान भएका हुन। गण्डकी प्रदेशमा थपिएका  कोरोना संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका