गण्डकी प्रदेशमा थपिए १५ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए १५ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए १५ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए १५ जना नयाँ काेराेना संक्रमित

पाेखरा, १० असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६६० पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १५ जना काेराेना संक्रमितहरु थपिएका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४५ र ४७ बर्षीय पुरुषहरु जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत रहेका  व्यक्ति  हुन ।

वार्ड नं ६ का २६ बर्षीय महिला राष्ट्रिय बाणिज्य बैंक, गैडाकोट, नवलपरासी (ब.सु.पू) शाखामा कार्यरत हुन । वार्ड नं १० का ४७ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन।

मनाङ जिल्ला, चामेका ३१ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत हुन । अन्य सबै contact tracing बाट पहिचान भएका हुन । गण्डकी प्रदेशमा थपिएका  कोरोना संक्रमित  सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका