हुम्ला पनि पहिलो पटक फल्यो बोदीचित्त फल, बन्न सक्छ आम्दानीको नौलो स्रोत–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • हुम्ला पनि पहिलो पटक फल्यो बोदीचित्त फल, बन्न सक्छ आम्दानीको नौलो स्रोत

हुम्ला पनि पहिलो पटक फल्यो बोदीचित्त फल, बन्न सक्छ आम्दानीको नौलो स्रोत

हुम्ला पनि पहिलो पटक फल्यो बोदीचित्त फल, बन्न सक्छ आम्दानीको नौलो स्रोत

कर्णबहादुर रोकाया, हुम्ला, १० असाेज । हुम्ला पनि बोदीचित्तको बिरुवाबाट फल लागेको छ । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ ।

चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेम कुरा उठेको बेला काठमाडौं अनामनगर कालीन्चोकको एक नर्सरीले काभ्रेपालान्चोकको १० बिरुवा झिकाएर हुम्ला पठाएको स्मरण गर्दछन् गोठी गाउँका युवा इराजन शाही ।

यसलाई नेपालमा बोदीचित्तको रुख भनेर चिनिन्छ भने यसको वैज्ञानिक नाम जीजीफस बुढेनीसस् हो । यो कति महंगो हुने कुराको निर्धारण यसको दानाले गर्दछ । जति सानो त्यति धेरै मोल पर्ने गरेको छ । सकभर पूजा गर्दा पुरै माला हातको मुठीमा सजीलै अट्न पर्दछ । हाल काभ्रेको तीमाल क्षेत्रबाट लाखौंको बोदीचित्त मालाको ब्यापार हुने गरेको छ ।

प्रत्येक वर्षको कौतुहलता र के हुन्छ के हुँदैन भन्ने दोधार बीच यो बिरुवाबाट रुख भएर हुम्लामा पहिलो पटक गत वर्ष २०७६मा बोदीचित्तको कलिलो रुखले हुम्लामा फल दिएको थियो । लटरम्म फुल फुले पन फल लाग्दा १० १२ दाना लागेको थियो । यो वर्ष त्योभन्दा पनि धेरै फल लागेका हुनाले अब हुम्लामा पनि यो बिरुवाको खेती गर्दा सफल हुने भएकाले थप बिरुवा लगाउने तयारी गरिएको जानकारी इराजन शाहीले दिएका छन् ।

हुम्ला जिल्ला प्राकृतिक विविधताको एक हिड्डन हर्बेरिया भएकाले यहाँ दुःख गर्ने सके स्थानीय भूगोलमा हुने र यही भूगोल नापोमा नेपालको अन्य ठाउँमा फल्ने विभिन्न प्रकारका बोट बिरुवाहरुको पनि व्यावसायिक खेती गर्न सकिन्छ भन्ने विभिन्न अध्ययन र व्यावहारिक प्रयोगले सिद्ध गरिसकेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका वार्ड नं ५, गोठी गाउँका रामराज शाही र उनका छोराले काठमाडौमा कानेखुशी गरेर ल्याएको बोदीचित्त बिरुवाको परिक्षण सफल भएको छ । यसलाई ब्यावसायीक बनाउनका लागि अझै धेरै लागि पर्नुपर्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् ।

यो बोदीचित्त रुखबाट फल्ने दाना जति धेरै साना त्यति धेरै मोल पर्ने देखिन्छ । यो दस मिटरसम्म अग्गो हुन्छ । यसको दानाबाट बनाइने मालालाई बुद्धचित्त माला भनिन्छ । हाल विश्वभरी यसको माग धेरै भएकाले नेपालका विभिन्न स्थानहरुमा यसको व्यावसायिक खेती बढ्दै जान थालेको छ ।

हुम्ला जिल्लामा पहिलो पटक व्यावहारिक रुपमा परिक्षण गरेर रामराज शाही र इराजन शाहीले एग्रोफरेष्टीमा एक नौलो आयाम थप्ने प्रयासलाई सकरात्मक सन्देशका रुपमा लिनु आवश्यक देखिन्छ । यदी यसलाई व्यावहारिक रुपमा प्रयोग गर्न सकेमा श्रम कम, लगानी कम र खेर गएको पाखो जग्गाको उपयोगका साथै नौलो आम्दानीको अवसर खुल्ने छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका