बहुप्रतिभाका खानि जे.बि ओलीको प्रस्तुति “काली आई लभ यु” – Samacharpati Samacharpati बहुप्रतिभाका खानि जे.बि ओलीको प्रस्तुति “काली आई लभ यु” – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • बहुप्रतिभाका खानि जे.बि ओलीको प्रस्तुति “काली आई लभ यु”

बहुप्रतिभाका खानि जे.बि ओलीको प्रस्तुति “काली आई लभ यु”

बहुप्रतिभाका खानि जे.बि ओलीको प्रस्तुति “काली आई लभ यु”

काठमान्डौँ, ९ असोज ।  चर्चित गायक एबं सर्जक जे बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ ।

“काली आई लभ यु” बोलको गीतमा जे बी ओली स्वयम् कै कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जे बी ओलीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

प्रस्तुत गीतलाई सबैले माया गरिदिनुहुने छ भन्ने कुरामा उनि बिश्वस्त रहेका छन् । अन्य म्युजिक भिडियोमा प्रयोग नभएका उपकरणहरु प्रयोग गरी पृथक तरिकाले यस गीतको भिडियो निर्माण गरिएको कारणले पनि यस गीतको म्युजिक भिडियो निकै उत्कृष्ठ बनेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बि सी को निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको उत्कृष्ठ नृत्य तथा अभिनय रहेको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका