नेपालमा कोरोना संक्रमितकाे संख्या ७० हजार ६१४ पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • नेपालमा कोरोना संक्रमितकाे संख्या ७० हजार ६१४ पुग्याे

नेपालमा कोरोना संक्रमितकाे संख्या ७० हजार ६१४ पुग्याे

नेपालमा कोरोना संक्रमितकाे संख्या ७० हजार ६१४ पुग्याे

काठमाडौँ, ९ असाेज । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज १२२६२ हजार पिसिआर परिक्षण गरिएकोमा १ हजार ३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज १८२७९ सक्रिय संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ८ हजार २३७ र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । त्यस्तै आज १४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६४ रहेको छ । नेपालमा निको हुनेको दर ७३ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबिच काठमाडौँ उपत्यकामा आज ६ सय ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ५ सय ३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका