गण्डकी प्रदेशमा फेरी थपिए ३३ जना काेराेना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा फेरी थपिए ३३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ३३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ३३ जना काेराेना संक्रमित

पाेखरा, ९ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६४५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३३ जना काेराेना संक्रमितहरु थपिएका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २४ बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित भाटभटेनी सुपरमार्केटमा कार्यरत थिए । उनको नमुना संकलन गण्डकी मेडिकल कलेजबाट भएको हो ।

पोखरा महानगरपालिका वार्ड नं ३० र २९ का २१ र ४९ बर्षका पुरुष र लमजुङ जिल्ला, राईनाशका २१ बर्षीय पुरुष गरि ३ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन।

गोरखा जिल्ला, भीमसेन-३ का २४ र ३३ बर्षका पुरुषहरु सोहि गाउँपालिकाका मोटरसाइकल वर्कशप र पुनर्निर्माण परियोजनामा कार्यरत व्यक्ति हुन ।

अन्य सबै contact tracing बाट पहिचान भएका हुन । थपिएका काेराेना संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका