गण्डकी प्रदेशमा ८ जना थपिए काेराेना संक्रमित, मृत्यु हुनेको संख्या ३३ पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ८ जना थपिए काेराेना संक्रमित, मृत्यु हुनेको संख्या ३३ पुग्याे

गण्डकी प्रदेशमा ८ जना थपिए काेराेना संक्रमित, मृत्यु हुनेको संख्या ३३ पुग्याे

गण्डकी प्रदेशमा ८ जना थपिए काेराेना संक्रमित, मृत्यु हुनेको संख्या ३३ पुग्याे

पाेखरा, ९ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६१२ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ८ जना काेराेना संक्रमितहरु थपिएका छन ।

गण्डकी प्रदेशमा  थपिने काेराेना संक्रमित लमजुङ सुन्दरबजार  र पाेखरा महानगरपालिकाका  रहेका  छन ।

लमजुङ जिल्लाका सबैजना contact tracing बाट पहिचान भएका हुन भने पोखरा महानगरपालिकाका सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन ।

तनहुँ जिल्ला, आँबुखैरेनी-३ का ३९ बर्षीय पुरुषको असाेज ८ गते बिहान १२:५५ बजे दुखद निधन भएको छ । भदाै २९ गते अस्पताल भर्ना  भएका ति पुरूष काे ३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । Covid-19 Pneumonia, Septic Shock, Respiratory failure मृत्युको कारण भएको जानकारी चितवन मेडिकल कलेज चितवन द्वारा प्राप्त भएकाे छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका