पहिलो पटक माटो परिक्षण गर्दा किसानहरू नयाँ खेतीका लागि उत्सुक–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • पहिलो पटक माटो परिक्षण गर्दा किसानहरू नयाँ खेतीका लागि उत्सुक

पहिलो पटक माटो परिक्षण गर्दा किसानहरू नयाँ खेतीका लागि उत्सुक

पहिलो पटक माटो परिक्षण गर्दा किसानहरू नयाँ खेतीका लागि उत्सुक

कर्णबहादुर रोकाया, हुम्ला, ९ असाेज । संघीयता आएसँगै धेरै अधिकारहरू गाउँ पुगेपछि अत्यावश्यक कामहरू गर्न सहज भएको नमुना हो–अदानचुली गाउँपालिकाले शुरू गरेको माटो परिक्षण अभियान ।

यो अभियानले आफ्नो गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा भएका विभिन्न प्रकारका खेती योग्य खेत, गह्रा, पाखो, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश, सुर्खेत पुर्याइएको छ ।

यसबाट कृषकहरूले कुन स्थानमा के कस्तो प्रकारका स्थानीय अन्न, रैथाने बाली, विकासे फलफुल, उन्नत जातका तरकारी र नगदे बालीका लागि कस्तो प्रकारको माटो हो र सोका लागि कुन प्रकारको मल र खेती गरि आम्दानी लिन सकिन्छ भन्ने जानकारी पाउन सजिलो हुने एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतका माटो परिक्षण प्राविधिक प्रयग शाहीले जनकारी दिएका थिए ।

उनले भने माटो र पानी हामी मानवका लागि जननी हुन्, यसको स्याहार सम्भार र संरक्षण गर्नु अति आवश्यक छ । यसैले अदानचुलीले गरेको यो काम पनि यसैको एक प्रयास हो । अरु गापाले पनि यसको सिको गर्नुपर्छ ।

यसरी परिक्षण गरिएका ९० कटा नमुनाको अम्लीय, क्षारीय र अन्यको परिक्षण गरिएको छ । जसमा अम्लीयपनको नतिजा यस प्रकारको छ । ४२ नमुनामा अम्लीयपन देखिएको छ । जसमा पनि १२ वटाका लागि कृषि चुनको प्रयोग गर्न सिफारिश गरिएको छ भने ४८ नमुनाको नतिजा तटस्थ देखिएको छ ।

त्यसै गरि उक्त ९० नमुनामा नाईट्रोजनको अवस्था १ मा कम, ६९ मा मध्यम र २० मा अधिक देखिएको छ भने फस्फोसरको मात्रा ९० वटैमा उच्च देखिएको छ । उक्त नमुनाहरूमा पोटासको मात्रा १२ वटामा कम, ३८ मा मध्यम र ५० मा उच्च देखिएको छ ।

यसरी स्थानियतहमा माटो परिक्षण गरि नयाँ कामको शुरुवात गरेर कृषकलाई आयमुलक खेती र उच्चमुल्यका कृषि उपजमा लगानी गर्न प्रेरित गर्न सानो प्रयास भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराको मत रहेको छ ।
यो अभियानले कृषि र कृषकलाई आफ्नो जग्गामा आवश्यक पर्ने अम्लीयपन, क्षारीयपन र यसलाई सुर्धान र सन्तुलन कायम राख्न आवश्यक हुने नाईटोजन, पोटास र फस्फोरसको आवश्यकता परिपूर्ति गर्न चाहिने रसायनहरूको व्यवस्था गर्न सजिलो भएको अदानचुली गाउँपालिकामा सम्बध्द कृषि प्राविधिकले बताएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका