गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २५ संक्रमित थपिए (हेर्नुहोस कुन जिल्लामा कति थपिए)–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २५ संक्रमित थपिए (हेर्नुहोस कुन जिल्लामा कति थपिए)

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २५ संक्रमित थपिए (हेर्नुहोस कुन जिल्लामा कति थपिए)

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २५ संक्रमित थपिए (हेर्नुहोस कुन जिल्लामा कति थपिए)

पोखरा, ८ असोज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २५ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकाी अनुसार ८ सय ८० जनाको स्वाब परिक्षण गर्दा नवलपरासी पुर्वमा १९ जना, स्याङ्जामा ३ जना र कास्कीमा ३ जना गरि २५ संक्रमित थपिएका हुन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४ पुगेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकराी दिनुभयो ।

यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या २ हजार ४ सय ५९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३२ रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका