पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु – Samacharpati Samacharpati पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमित थपिएको बताउनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौं काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं मा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका