आज नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • आज नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु

आज नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु

आज नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ८ असाेज । नेपालमा बिहिबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाका बिरामीको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार १७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । मन्त्रालयका अनुसार बिहिबार मात्रै नेपालमा १ हजार ४९७ जनामा संक्रमण देखिएको छ भने आज ४५७ संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोनाको कहर दिनानुदिन बढ्दै गइरहेका बेला आज एकैदिन काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएसँगै अवस्था झनै भयाभह बन्दै गएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका