वालिङ पहिरो अपडेट : ९ जनाको मृत्यु, १ जनालाई उपचारको लागि पोखरा ल्याइयो – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • वालिङ पहिरो अपडेट : ९ जनाको मृत्यु, १ जनालाई उपचारको लागि पोखरा ल्याइयो

वालिङ पहिरो अपडेट : ९ जनाको मृत्यु, १ जनालाई उपचारको लागि पोखरा ल्याइयो

वालिङ पहिरो अपडेट : ९ जनाको मृत्यु, १ जनालाई उपचारको लागि पोखरा ल्याइयो

पोखरा, ८ असोज । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ तमादि बस्ने माया नेपालीको घर माथिबाट खसेको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जनकारी अनुसार १ जनाको जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा तमादिका ४८ वर्षिय माया नेपाली, ३० वर्षका दिपक नेपाली, ६० वर्षकी सानी नेपाली, ९ वर्षका बिवश नेपाली, १४ वर्षका बिक्रम नेपाली, १९ वर्षका बिनिता नेपाली, २१ व्र्षका कुलदिप नेपाली रहेको प्रहरीले जनाएको छ । यस्तै ६÷७ वर्षका नाम नखुलेका बालकको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच जिवितै उद्धार गरिएकी सोहि ठाउँकी १६ वर्षिय मनिषा नेपालीलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका