पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपरासी, ८ असाेज ।  दुई दिन देखी लगातार परिरहेको वर्षाका कारण नरायणी लगायतका केही नदिमा पानीको बहाब उच्च भएको छ । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको हो ।

आज बिहान ९ बजे ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको बताइएको छ ।

नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको छ । अहिले नारायणी नदीमा ८ दशमलव ७ मिटर पानीको सतह छ । नारायणी नदीमा ८ मिटर पुगेपछि खतराको सूचक मानिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका