स्याङ्जाको वालिङमा पहिरो : एकै घरका पाँचको मृत्यु, चार बेपत्ता – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • स्याङ्जाको वालिङमा पहिरो : एकै घरका पाँचको मृत्यु, चार बेपत्ता

स्याङ्जाको वालिङमा पहिरो : एकै घरका पाँचको मृत्यु, चार बेपत्ता

स्याङ्जाको वालिङमा पहिरो : एकै घरका पाँचको मृत्यु, चार बेपत्ता
तस्विरः फेसबुकबाट

स्याङ्जा, ८ असोज । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । अन्य चार जना अझै बेपत्ता छन् । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको स्याङजा प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका