स्याङ्जामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु, ४ बेपत्ता – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • स्याङ्जामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु, ४ बेपत्ता

स्याङ्जामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु, ४ बेपत्ता

स्याङ्जामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु, ४ बेपत्ता

स्याङ्जा, ८ असाेज । २ दिनदेखिको लगातारको वर्षातका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिलो गइरहेका छन् । पहिरो जाँदा पहाडका धेरै जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ठूलो धनजनको क्षती समेत भएको समाचारहरु बिहानैदेखि आइरहेका छन् ।

यसैबिच स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ मा पहिरोले घर पुरिँदा एकै घरपरिवारका ५ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता छन् ।

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेका अनुसार सो परिवारका अन्य ४ जना बेपत्ता हुँदा एक जनाको सकुशल उद्धार गरिएको छ ।

अहिले घटनास्थलमा स्थानीय, सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ । यसअघि पाल्लामा पनि पहिरो जाँदा ठूलो क्षती भएको पाल्पा प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका