इतिहासको गर्वमा हराएको हुम्लाको पहिलो जनजागृति पुस्तकालय – Samacharpati Samacharpati इतिहासको गर्वमा हराएको हुम्लाको पहिलो जनजागृति पुस्तकालय – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • इतिहासको गर्वमा हराएको हुम्लाको पहिलो जनजागृति पुस्तकालय

इतिहासको गर्वमा हराएको हुम्लाको पहिलो जनजागृति पुस्तकालय

इतिहासको गर्वमा हराएको हुम्लाको पहिलो जनजागृति पुस्तकालय

कर्णबहादुर रोकाया , हुम्ला , ५  असाेज । हुम्ला जिल्लाको पहिलो र हालसम्मको एक मात्र सार्वजनिक पुस्तकालय इतिहासको पानामा मात्रै सीमित रहेको छ । वि.सं. २०३६ साल खुला राजनीतिक वातवरणलै स्थापना गरे पनि विं.सं. २०४६ सालको बहुदलीय वातावरणको खुलापनमा हराएको छ ।

वि.सं. २०४६ सालमा हुम्लाको एक मात्र हालसम्मको जनजागृति पुस्तकालयको ठाउँ सार्ने क्रममा त्यसमा भएका करीब एक हजारभन्दा धेरै पुस्तक र पुस्तकालयको नाम समेत हुम्ला जिल्लाको इतिहासको पानामा खोज्नु पर्ने भएको छ । यसको स्थापना हुम्ला जिल्लामा आएका राविसेहरुले गरेको सिमकोट-५का राजेन्द्र रावतले बताए ।

जिल्लाकै पहिलो र हालसम्मकै एक मात्र सार्वजनिक पुस्तकालयमा भएका विभिन्न प्रकारका इतिहास, समाजशास्त्र, भूगोल, नेपाली साहित्य तथा अन्य धेरै विधाका कितावहरु विभिन्न मान्छेहरुले लिएर फिर्ता नगरेको र उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयको भवन र अन्य भौतिक पूर्वाधारका कुराहरु विस्तार गरिएकोले पुस्तकालय ओझेलमा परेको स्थानीयवासीहरुको भनाई रहेको छ ।

पुस्तकालय रहेको जग्गामा हाल जिल्ला प्रहरी कार्यालयको दुर्गा भवानीको मन्दिर बनाइएको सिमकोट-६का रतनबहादुर रावतबाट जानकारी प्राप्त भएको छ ।

विभिन्न व्यक्तिहरुसँग उक्त पुस्तकालयका किताबहरु रहे पनि स्थानीयवासीहरुको लापरवाहीले गर्दा हुम्ला जिल्लाको बौद्धिक जनशक्ति उत्पादन गर्नमा सहयोग गरेको उक्त पुस्तकालय जसरी राविसेको इतिहास र गतिविधिहरु सम्झन योग्य भए पनि इतिहास बनेझैँ हुम्ला जिल्लाको हालसम्मकै एक मात्र सार्वजनिक पुस्तकालय इतिहासको गर्भमा हराएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका