पोखरामा आजदेखि प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पोखरामा आजदेखि प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

पोखरामा आजदेखि प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

पोखरामा आजदेखि प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

पोखरा, ५ असोज । पर्यटकीय नगरी पोखरामा सहासिक खेल प्याराग्लाइडिङ विगत ६ महिना पछि पुन संचालनमा आएको छ ।

कोरोना भाइरसको कारण विगत ६ महिना देखि प्रभावित भएको प्याराग्लाईडिङ सोमबार देखि पोखरामा पुःन संचालनमा आएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । आज देखि व्यवसायिक रुपमा उडान सुरु भएपनि टेण्डम फ्लाइट भने शुक्रबारबाट नै सुरु भईसकेको थियो ।

आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी उडान गरिने भण्डारीले बताउनुभयो । लामो समय देखि प्रभावित भएको प्याराग्लाइडिङ व्यवसाय हाल विदेशी पर्यटकहरु आगमन प्रायःशुन्य भएकोले आन्तरिक पर्यटकहरुलाई नै लक्षित गरी बिषेश छुटमा उपलब्ध गराउने भएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले असोज १ गते देखि हवाई उडान संचालनको अनुमति दिएसंगै प्याराग्लाइडिङ समेत संचालन गरिएको हो । पछिल्लो समय पोखरा आउने पर्यटकहरुले एकपटक प्याराग्लाइडिङ गरेर फर्किने गर्दछन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका