वीरगन्जमा कोरोनाले थप चार जनाको मृत्यु–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • वीरगन्जमा कोरोनाले थप चार जनाको मृत्यु

वीरगन्जमा कोरोनाले थप चार जनाको मृत्यु

वीरगन्जमा कोरोनाले थप चार जनाको मृत्यु

४ असोज वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। तीन  जनाको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृत्यु भएको हो। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका-१ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको हो।

श्वासप्रश्वसमा समस्या भएपछि भदौ ३१ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वाब परीक्षणको क्रममा शनिबार नै पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

यस्तै वीरगजस्थित नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका-१३ बलिरामपुरकाख ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको हो।

मधुमेह र मुटुरोगी रहेका  ती वृद्धमा श्वासप्रश्वासको समस्या  भएपछि उनलाई असोज १ गते  बाबा होटलको अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उपचारका क्रममा उनको आइतबार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए।

यसैगरि वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षिय बृद्धको पनि आइबार बिहान मृत्यु भएको छ।

वृद्धलाई असोज २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको स्वाब संकलन गरेर पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइतबार बिहान १ बजे मृत्यु भएको ठाकुरले जानकारी दिए।

यस्तै मेडिकल कलेजको बाबा होटलमा सन्चालित अस्थायी कोभिड अस्पतानलमा वीरगन्ज ४ बिर्ताका ७८ वर्षीय वृद्धको पनि मृत्यु भएको छ।  ती वृद्धको शनिबार अपरान्ह ४ बजे मृत्यु भएको ठाकुरले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भदौ ३१ गते अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब संकलन गरेर परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साउन यतामा मात्रै ६२ जनाको मृत्यु भएको छ। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६६ मध्ये २ पुरुषसहित पर्साका ४५ जना, बाराका १५ जना, रौतहटका ५ जना र सर्लाहीका एक जना रहेका छन्।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका