कोरोना रोकथामका लागि हुम्लाका आठ स्वास्थ्य केन्द्रमा २५ लाखको औषधी वितरण–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • कोरोना रोकथामका लागि हुम्लाका आठ स्वास्थ्य केन्द्रमा २५ लाखको औषधी वितरण

कोरोना रोकथामका लागि हुम्लाका आठ स्वास्थ्य केन्द्रमा २५ लाखको औषधी वितरण

कोरोना रोकथामका लागि हुम्लाका आठ स्वास्थ्य केन्द्रमा २५ लाखको औषधी वितरण

कर्णबहादुर रोकाया, हुम्ला,  ४ असाेज । कोरोना भाइरसको न्यूनिकरण, रोकथाम र सचेतनाका लागि हुम्लाका ग्रामीण इलाकाका ८ स्वास्थ्य केन्द्रहरुलाई कोभिड १९ का लागि १५ प्रकारका र अन्य दैनिक प्रयोगमा आउने ९० प्रकाराका औषधीहरु उपलब्ध गराइएको छ । यसको कुल खर्च २५ लाख रहेको छ ।

हुम्लामा कार्यरत सबभन्दा पुरानो र सक्रिय स्थानीय गैसस स्वालम्बन प्रवद्र्धन विकास केन्द्र नेपालको पहल, सहजीकरण र प्राविधिक खर्चमा यो काम सम्पन्न भएको हो ।

हाल औषधी उपलब्ध गराइएका स्वास्थ्य केन्द्रहरु स्थापना भएर पनि प्राविधिक, आर्थिक र अन्य कारणले कमजोर देखिएका छन् । यो गैससले हुम्लाको दुरदराजमा रहेका ८ वटा स्वास्थ्य केन्द्र आवश्यकता अनुसार स्वयम्सेवक स्वास्थ्यकर्मी र औषधी उपलब्ध गराउँदै आएको जानकारी उक्त संस्थाका स्वास्थ्य संयोजक कालीबहादुर भण्डारीले दिएका छन् ।

यी स्वास्थ्य केन्द्रहरुमा माँसपुर सामुदायिक स्वास्थ्य इकाई, तुम्च सामुदायिक स्वास्थ्य इकाई, पिप्लांग सामुदायिक क्लिनीक, साँया स्वास्थ्य चौकी, बरगाउँ स्वास्थ्य चौकी, केर्मी सामुदायिक स्वास्थ्य इकाई, यारी सामुदायिक क्लिनीक र लिमी स्वास्थ्य चौकी रहेका छन् ।

हुम्लाको तल्लो दक्षिण क्षेत्रका लागि १५ लाख र उत्तरी क्षेत्रका १० लाख गरी जम्मा २५ लाखमा १०५ प्रकारका विभिन्न प्रकारका औषधीहरु उपलब्ध गराइएको उक्त संस्थाका अध्यक्ष अंगबहादुर लामाले बताएका छन् । उनले भने हामीहरु अब स्वास्थ्य क्षेत्रको विकास विस्तारका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयासमा छौं । यसमा सबैको साथसहयोगको आशा र अपेक्षा गरेका छौं ।

यी स्वास्थ्य केन्द्रहरु जिल्ला र गाउँपालिकाको अति दुर्गम क्षेत्रमा पर्ने भएकाले यो सहयोगले स्थानीयहरुलाई सहयोग पुग्ने र स्वास्थ्यमा केही मात्रामा भए पनि सुधार हुने आशा गरिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका