गण्डकी प्रदेशमा थपिए ५१ जना नयाँ कोरोना संक्रमित–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ५१ जना नयाँ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ५१ जना नयाँ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ५१ जना नयाँ कोरोना संक्रमित

पाेखरा,  ३ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित नवलपरासी देवचरलीका ३४ जना, स्याङजा वालिङका एक जना, तनहुँ व्यासका ३ जना, कास्की पाेखरा महानगरपालिकाका १३ जना रहेका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन । उनि पोखरा विश्वबिद्यालयमा कार्यरत छन । कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोनाको परिक्षणका लागि आएका  थिए  ।

अन्य जिल्लाका सबै contact tracing बाट पहिचान भएका हुन । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका