गणेशमान स्मृति दिवसमा नेवि संघ द्वारा दिप प्रज्वलन–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • गणेशमान स्मृति दिवसमा नेवि संघ द्वारा दिप प्रज्वलन

गणेशमान स्मृति दिवसमा नेवि संघ द्वारा दिप प्रज्वलन

गणेशमान स्मृति दिवसमा नेवि संघ द्वारा दिप प्रज्वलन

सुन्दरवजार, ३ असाेज । २३ औँ गणेशमान सिंह स्मृति दिवसको पावन अवसरमा नेपाल विद्यार्थी संघ सुन्दरवजार नगरपालिकाका द्वारा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

विद्यार्थी नेता अंकुश अधिकारिको सभापतित्व एवम नेपाली कांग्रेस सुन्दरवजार नगर कार्य समिति सभापति ठाकुर प्रसाद तिवारीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य विद्या देवि श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य अर्जुन परियार, नेपालि कांग्रेस लमजुङ जिल्ला प्रदेश सभा ख सदस्य एवम सुनपा-४ का वडाध्यक्ष अमृत न्यौपाने,प्रदेश सभा समिति सदस्य शुकमाया गुरुङ , स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको उमेदवार वद्रिमान श्रेष्ठ , नेपाल शिक्षक संघ लमजुङ जिल्ला उपाध्यक्ष सुर्य केसि , सुनपा-७ का पाटि सभापति हिरा सापकोटा, सुन्दरवजार खानेपानी एवम सरसफाइ उपभोक्ता समिति अध्यक्ष उत्तम गुरुङ, नेपाल विद्यार्थी संघ लमजुङ जिल्ला सचिव भुवन न्यौपाने, नेपाल विद्यार्थी संघ लमजुङको प्रभावशाली विद्यार्थी नेता निर्मल अधिकारी , निवर्तमान केन्द्रीय सदस्य प्रकाश सेढाई, विद्यार्थी नेताहरु प्रकाश मौरति, राजु नेपाली, महिला नेतृ एवम नेवा मिसपितु गण्डकी प्रदेश सह सचिव शान्ति श्रेष्ठ , तरुण नेता देव कुमार तमाङ, विपि स्मृति पार्क संरक्षण समिति संयोजक राजकुमार केसि, नेपाल भुपु सैनिक संघ सुन्दरवजार नगर समिति सभापति, तमु क्षोधदिका केन्द्रीय सदस्य तत् वहादुर गुरुङ लगायत उपस्थिति रहेको थियोे ।

विद्यार्थी नेता सुमित खड्काले संचालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले लौह पुरुष गणेशमान सिंह को संघर्ष र योगदानको स्मरण गर्दै उनलेे देखाएको वाटोमा नेपाली कांग्रेस हिड्नु पर्ने वताएका थिए।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका