गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३२ पुगे, फेरी १५ जना थपिए संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३२ पुगे, फेरी १५ जना थपिए संक्रमित

गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३२ पुगे, फेरी १५ जना थपिए संक्रमित

गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३२ पुगे, फेरी १५ जना थपिए संक्रमित

पाेखरा, २ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३३६ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १५ जना नयाँ संक्रमितहरु थपिएका छन ।

गण्डकी प्रदेशमा थपिएका कोरोना संक्रमित सबै कास्की जिल्ला पाेखरा महानगरपालिकाका चार महिला, अाठ पुरूष,  तीन वालक रहेका छन ।

सबै contact tracing बाट पहिचान भएका हुन  । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ ।

नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली-११ का ३१ बर्षीय व्यक्तिकाे  राति १२:१८ बजे चितवन मेडिकल कलेज, चितवनमा दुखद निधन भएको छ ।

भदाै २५ गते अस्पताल भर्ना भएका उनको  भदाै २६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । ति व्यक्तिमा जटिल श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समस्या समेत रहेको जानकारी अस्पतालबाट प्राप्त रिपोर्टबाट प्रष्ट  छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका