आज देशभर १५ सय ३९ जनामा देखियाे कोरोना संक्रमण–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • आज देशभर १५ सय ३९ जनामा देखियाे कोरोना संक्रमण

आज देशभर १५ सय ३९ जनामा देखियाे कोरोना संक्रमण

आज देशभर १५ सय ३९ जनामा देखियाे कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज देशभर १०४९४ जनाको पिसिआर गरिएकोमा १५ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १०४९४ जनामा गरिएको परिक्षणमा १५ सय ३९ जनामा पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएको यो संख्या एकैदिन भेटीएको अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

त्यस्तै आज आज १ हजार ६८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोनालाई जित्नेको संख्या ४१ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका