गण्डकी प्रदेशमा फेरी थपिए ५ जना काेराेना संक्रमित–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा फेरी थपिए ५ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ५ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ५ जना काेराेना संक्रमित

पाेखरा, ३१ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१७१ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र ह्याम्स अस्पताल काठमाडौँमा  गरिएको काेराेना  परिक्षणमा गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन । गण्डकी प्रदेशमा अहिले थपिने कोरोना संक्रमित कास्की, तनहुँ, नवलपरासीका रहेका छन । कास्की जिल्ला, पोखरा महानगरपालिका-६ का २ जना पुरुषहरु पर्यटक प्रहरीमा कार्यरत छन् ।

पोखरा महानगरपालिका- ४ का ३८ बर्षका १ जना पुरुषको स्थायी ठेगाना स्याङ्जा जिल्ला, पुतलीबजार-१३ घर भई हाल पोखरामा पत्रकारिता ब्यवसायमा संलग्न छन । तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २८ बर्षीय पुरुष contact tracing बाट पहिचान भएका हुन । उनि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा छन ।

नवलपरासी (ब.सु.पू) जिल्ला, कावासोती-८ का संक्रमित ह्याम्स अस्पताल, काठमाडौँमा उपचाररत छन । उ बाहेक अन्य सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका