सुकृति शर्मा तथा साइमन शर्माका ''सत्र पुष्प पत्रहरु हुर्कदै गर्दाका'' कथाहरु नामक पुस्तक सार्वजनिक –Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • सुकृति शर्मा तथा साइमन शर्माका ”सत्र पुष्प पत्रहरु हुर्कदै गर्दाका” कथाहरु नामक पुस्तक सार्वजनिक 

सुकृति शर्मा तथा साइमन शर्माका ”सत्र पुष्प पत्रहरु हुर्कदै गर्दाका” कथाहरु नामक पुस्तक सार्वजनिक 

सुकृति शर्मा तथा साइमन शर्माका ”सत्र पुष्प पत्रहरु हुर्कदै गर्दाका” कथाहरु नामक पुस्तक सार्वजनिक 

काठमान्डाैँ, ३१ भदाैँ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोर किशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका ”सत्र पुष्प पत्रहरु हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक भएको छ ।

यी लेखकहरुले ”सत्र पुष्प पत्रहरु हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर) का लागि खुला गरि सकेको छ । सेप्टेम्बर १५ आज देखि सार्वजनिक भएको छ ।

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन भने साइमन शर्मा कक्षा ७ मा पढ्छन । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्। उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका