गण्डकी प्रदेशमा थपिए ५० जना काेराेना संक्रमित–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ५० जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ५० जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ५० जना काेराेना संक्रमित

पाेखरा, ३१ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ५० जना काेराेना संक्रमित  थपिएका छन । गण्डकी प्रदेशमा थपिएका संक्रमित कास्की, बाग्लुङ, तनहुँ,  र  गाेरखा  ४ जिल्लाका रहेका छन  ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् , वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

रुपा-१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका  छन् । वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । बाग्लुङ जिल्ला, गल्कोट-३ र बाग्लुङ-१ का क्रमश: ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

अन्य सबै संक्रमित व्यक्तिहरु contact tracing बाट पहिचान भएका हुन । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका