बागलुङमा पहिराेमा परी मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • बागलुङमा पहिराेमा परी मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च

बागलुङमा पहिराेमा परी मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च

बागलुङमा पहिराेमा परी मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च

बलेवा, ३० भदौ । बागलुङको जैमिनी नगरपालिकाले पहिराेमा परी मृत्यु भएकाको परिवारलाई रु २५÷२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ ।

गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु २५ हजारका दरले काजकिरिया खर्च उपलव्ध गराएको नगरपालिकाले जनाएको छ ।

पहिरोमा परी मृत्यु भएका जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटकी लक्ष्मीपौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ की जालपादेवी पौडेलको परिवारलाई तत्कालै किरिया खर्चबापत सो रकम उपलव्ध गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो ।

“तत्कालको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, मृत्यु संस्कार पूरा गर्नका लागि स्थानीय सरकारले सो रकम सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “बाँकी राहत र पुर्नस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्छौं ।”

मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगदै प्रदान गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएपछि टुनीबोटका २५ जनालाई आफन्तको घरमा राखिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका