मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिकाे मृत्यु–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिकाे मृत्यु

मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिकाे मृत्यु

मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिकाे मृत्यु

पोखरा, ३० भदाै ।  कोरोनाका कारण मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ९ का ७० वर्षीय ती पुरुष रहेका छन् । उनको गए राती ११ बजेर २० मिनेट जाँदा मृत्यु भएको हो ।

उनी भदौ १५ गते अस्पताल भर्ना भएका थिए । रोना संक्रमण भएको शंका लागेर स्वाब जाँच जर्दा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार भदौ २८ गते उनलाई कोरोना पुष्टि भएको हो ।

क्यान्सरका पनि दिर्घ रोगी उनको मृत्यु भएसँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३१ पुगेको छ । यता, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको छ ।

गण्डकी प्रदेशका तीन जिल्ला स्याङजा, कास्की र गाेरर्खामा फेरी ४ जना काेराेना सक्रंमित थपिएका छन ।

 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका