आज नेपालमा कोरोनाबाट ११ जनाको मृत्यु–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • आज नेपालमा कोरोनाबाट ११ जनाको मृत्यु

आज नेपालमा कोरोनाबाट ११ जनाको मृत्यु

आज नेपालमा कोरोनाबाट ११ जनाको मृत्यु

काठमाडौँ, ३० भदाैँ । नेपालमा आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए ।

यसैबिच नेपालमा आज १ हजार ६२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ ।

नेपालमा आजसम्म सक्रिय संक्रतिमहरुको संख्या १५७७९ रहेको छ । आज देशभर १०हजार ३७५ जनाको पिसिआर गरिएकोमा १४ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७६४० जना रहेका छन् । त्यस्तै होमआइसोलेसनमा ७२७५ रहेको छ । नेपालमा कोरोनालाई जित्नेको प्रतिशत ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका