काठमाडौं, ३० भदौ । आफ्नो चार वर्षे कार्याकाल सफलतापुर्वक सम्पन्न गरेका नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई भएको छ ।
उनलाई प्राधिकरणका कर्मचारीहरुले आज एक कार्यक्रमको आयोजना गरी केही दिनमा नै फेरि हजुरलाई अर्को कार्याकालको लागि स्वागत गर्न पाइयोस भनी बिदाई गरेका छन् ।
कुलमानले घाटामा रहेको प्राधिकरणलाई एक नाफामुखी संस्थाको रुपमा विकास गराएका छन्, अध्यारोमा बस्न बाध्य नेपाली जनतालाई उज्यालोको किरणले छोपिदिएका घिसिङ पुन: नियुक्त गर्नुपर्छ भन्दै सामाजिक सञ्जाल तथा काठमाडौंको माइतिघरमा प्रदर्शन समेत भएको थियो ।
उनलाई पुन नियुक्ति गर्नुपर्ने भन्दै प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङ पुन: नियुक्ति हुनेमा आफु आशावादी रहेको बताएका छन् ।
प्रम ओलीले एकै जनालाई पटक- पटक नियुक्ति गर्न हुँदैन भनि ऊर्जा मन्त्री वर्षमान पुनले ल्याएको प्रस्तावलाई वेवस्ता गरेका छन् ।