काठमाडौँ, ३० भदाैँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६०० सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ पुगेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।