गण्डकी प्रदेशमा थपिए ४७ जना थपिए कोरोना संक्रमित–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ४७ जना थपिए कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ४७ जना थपिए कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ४७ जना थपिए कोरोना संक्रमित
पाेखरा, ३० भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११२ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा  ४७ जना नयाँ काेराेना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेशमा थपिने कोरोना संक्रमितहरू तनहुँ, कास्की, मनाङ, लम्जुङ, गाेरर्खा, नवलपरासी, स्याङजाका रहेका छन ।
तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत छन । पोखरा महानगरपालिका १४ र १ का २ जना पुरुष नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आएका थिए ।
पोखरा महानगरपालिकाका ३२ बर्षीय महिला सृजनाचोक, पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुन् ।
लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत छन् । अन्य सबै संक्रमित व्यक्तिहरु (contact tracing) कन्ट्रयाक टेसिङबाट पहिचान भएका हन् । गण्डकी प्रदेशमा  काेराेना संक्रमित पुष्टि भएका सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ ।
गोरखा जिल्ला, बारपाक सुलिकोट-८ स्थायी ठेगाना भएका ६३ बर्षीय महिलाको मिति  भदाै २९ गते श्री बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएको छ ।
उनको भदाै २५ गते कोरोना पुष्टि भएको थियो । मृत्यु हुने महिला क्यान्सर रोगी समेत थिइन् । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका