हिक्मत जङ कार्की
बालका जन्मसिद्ध अधिकार छन् केही बाल अधिकार भनेपछि बस्नुपर्छ त्यही
गाँस–बाँस–कपास र स्वास्थ्य उपचार आमा–बुवाको माया पाउनु बाल अधिकार ।
स्वतन्त्र भै जिउन पाउनु मनोरञ्जन पनि पढ्न लेख्न पाउनुपर्छ संरक्षण अनि
विकासका सहभागी हुने अधिकार पाउनुपर्छ बालबालिकाले नित्य बारम्बार
यूएनओ को महासन्धि लागू हुनु पर्छ राम्रो नियम कानुन बने राम्रो हित गर्छ।
मनोमानी दमन शोषण नहोस बालकमाथी बालअधिकार नियमितमा आवाज उठाँउ साथी।
स्याङजा, फेदिखाेला -२ खड्केटारी