दाङमा कुखुराका चल्ला बोकेको गाडी खोलाले बगाउँदा तीन लाख मूल्य बराबरको क्षति–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • दाङमा कुखुराका चल्ला बोकेको गाडी खोलाले बगाउँदा तीन लाख मूल्य बराबरको क्षति

दाङमा कुखुराका चल्ला बोकेको गाडी खोलाले बगाउँदा तीन लाख मूल्य बराबरको क्षति

दाङमा कुखुराका चल्ला बोकेको गाडी खोलाले बगाउँदा तीन लाख मूल्य बराबरको क्षति

तुलसीपुर, २९ भदौ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले आज ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्य बराबरको क्षति पुगेको छ ।

चितवनबाट आएको ना ४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पु¥याएको छ । घोराही उपमहानगरपालिका–१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका