सहारा क्लबको रक्तदानमा ३९ युनिट रगत संकलन–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • सहारा क्लबको रक्तदानमा ३९ युनिट रगत संकलन

सहारा क्लबको रक्तदानमा ३९ युनिट रगत संकलन

सहारा क्लबको रक्तदानमा ३९ युनिट रगत संकलन

पोखरा, २९ भदौ । सहारा क्लब पोखराले २२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४ जना महिला र ३५ जना पुरुषले रक्तदान गरेका छन् । सोमबार बिहान भएको रक्तदानमा ३९ युनिट रगत संकलन भएको कलबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिनभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले पहिलो रक्तदाता क्लबका निवर्तमान अध्यक्ष बिरभद्र आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गर्नुभएको थियो । सो अवसरमा कृष्ण प्रसाद तिवारीले ५८ औँ पटक रक्तदान गर्नुभएको थियो । कार्यक्रमममा प्रमुख अतिथि राखेप सदस्य श्रेष्ठले साहारा क्लबले महामारीको बेलामा रगतको अभाव नहोस भन्ने हेतुले गरेको कामको प्रशंसा गर्नुभयो ।

खेल क्षेत्रमा सक्रिय रहेका संस्थाले पनि समाजमा आवश्यक अनुसारका कार्यक्रम गर्नु राम्रो पक्ष रहेको भन्दै साहारा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा पुर्वअध्यक्ष बिक्रम थकाली, निवर्तमान अधयक्ष बिरभद्र आचाय लगायले बोल्नुभएको थियो ।

क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रम मा रक्तसंचार केन्द्रका प्राबिधिक अधिकृत महेन्द्र केसीले क्लबका अध्यक्ष केशब बहादुर थापालाई संस्थागत रक्त संकलन प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । क्लबका महासचिव रामजी प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक गंगाराज पौडेलले गर्नुभएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका