बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरे छोराले – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७
  • होमपेज
  • बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरे छोराले

बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरे छोराले

बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरे छोराले

दमक, २९ भदौ । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको ह त्या गरेको हो ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो ।

नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो ।हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले वताउनुभयो

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका