सोमबार बिहानै पाखरामा १७ जना संक्रमित थपिए (हेर्नुहोस कुन वडामा कति जना थपिए)–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • सोमबार बिहानै पाखरामा १७ जना संक्रमित थपिए (हेर्नुहोस कुन वडामा कति जना थपिए)

सोमबार बिहानै पाखरामा १७ जना संक्रमित थपिए (हेर्नुहोस कुन वडामा कति जना थपिए)

सोमबार बिहानै पाखरामा १७ जना संक्रमित थपिए (हेर्नुहोस कुन वडामा कति जना थपिए)

पोखरा, २९ भदौ । गण्डकी प्रदेशमा सोमबार बिहान १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उनिहरु कास्कीको पोखरा र बागलुङको बडिगाड गाउँपालिकाका रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखरा महानगरपालिकाका ६ वटा वडामा १७ जना भेटिएका हुन् । उनिहरु मध्ये पोखराको वडा नं. ४ का ५ जना पुरुष, वडा नं. १७ का ३ जना पुरुष, ३३ का १ जना, १४ का ३ जना महिला र ३ जना पुरुष, ७ का १ जना पुरुष, ८ का एकजना महिला रहेको जनाइएको छ ।

उनिहरुमध्ये पोखरा महानगरपालिकामा थपिएका संक्रमित मध्ये ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यैरत रहेको जनाइएको छ । त्यस्तै पोखरा ३३ का २३ वर्षिय पुरुष, १४ का ३६ वर्षिय पुरुष, १७ का २७ वर्षिय पुरुष भारतबाट र ७ का ४४ वर्षिय पुरुष जापानबाट आएर क्वारेन्टाइनमा बसेका स्वास्थय निर्देशजनालयको सुचनामा उल्लेख छ । यस्तै पोखरा ८ का २१ वर्षिय महिला महानगर अन्तरगत कार्यरत स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।

यस्तै बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ का १ जना पुरुष र ५ का १ जना पुरुष गरि २ जना थपिएका छन् । उनिहरु दुवै विदेशबाट आएर क्वारेन्टाइनमा बसेको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।

यसैबीच नबलपरासी पुर्वको मध्यविन्दु १२ स्थायी ठेगाना भएका ६० वर्षिय पुरुषको लुम्बिनि अस्पताल रुपन्देहीमा मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार गराइरहेका ६० वर्षिय पुरुषको २६ गते दिउसो मृत्यु भएको अस्पताल प्रशासनबाट जानकारी आएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका