गण्डकी प्रदेशमा थपिए १९ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए १९ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए १९ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए  १९ जना नयाँ काेराेना संक्रमित

पाेखरा, २९ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१  पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  १९ जना नयाँ  काेराेना  संक्रमितहरु थप भएका छन् ।

बाग्लुङ जिल्ला, बडीगाड-१ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बसेका छन । कास्की जिल्ला, पोखरा महानगरपालिका- ४ र १७ का ७ जना संक्रमित  नेपाल प्रहरीमा कार्यरत  व्यक्ति हुन ।

कास्की जिल्ला, पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका छन ।

पोखरा महानगरपालिका-८ का २१ बर्षीय संक्रमित महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबै संक्रमित व्यक्ति contact tracing कन्ट्रयाक टेसिङबाट पहिचान भएका हुन ।

कन्ट्रयाक टेसिङ  बाट पहिचान भएका संक्रमित  सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । नवलपरासी (ब.सु.पू.) जिल्ला, मध्यबिन्दु-१२ स्थायी ठेगाना भएका बर्ष ६० का पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको छ ।

निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराईरहेका उनकाे कोरोनाको संक्रमण पुष्टी भएको र भदाै २६ गते दिउसो ४:३० बजे मृत्यु भएको  अस्पताल प्रशासनले  जानकारी  गराएकाे हाे । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट  मृत्यु हुनेको संख्या २८ पुगेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका