आज नेपालमा कोरोनाबाट ९ जनाकाे मृत्यु–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • आज नेपालमा कोरोनाबाट ९ जनाकाे मृत्यु

आज नेपालमा कोरोनाबाट ९ जनाकाे मृत्यु

आज नेपालमा कोरोनाबाट ९ जनाकाे मृत्यु

काठमाडौँ,  २८ भदाै । नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयलका अनुसार यो सहित देशभर ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।

यसैबिच नेपालकै सानो जिल्लाका रुपमा परिचित भक्तपुरमा आज मात्रै ८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमणको पुष्टि भएकामध्ये ८१ जना भक्तपुरका मात्रै रहेका छन् ।

त्यस्तै अन्य काठामाडौँमा ४८३ जना, र ललितपुरमा ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैबिच नेपालमा आज थप १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै नेपालमा आज ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९१६५ जनाको पिसिआर गरिएको हो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका