विदेशबाट नेपाल फर्किएकालाई गैरआवासीय नेपाली संघको अनुरोध–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • विदेशबाट नेपाल फर्किएकालाई गैरआवासीय नेपाली संघको अनुरोध

विदेशबाट नेपाल फर्किएकालाई गैरआवासीय नेपाली संघको अनुरोध

विदेशबाट नेपाल फर्किएकालाई गैरआवासीय नेपाली संघको अनुरोध

काठमान्डाैँ, २८ भदाै । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ ।

विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गर्नुभएको हो ।

संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उहाँले अनुरोध गर्नुभयो ।

यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गर्नुभएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका