ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपाली युवककाे मृत्यु–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपाली युवककाे मृत्यु

ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपाली युवककाे मृत्यु

ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपाली युवककाे मृत्यु

काठमाडौं, २८ भदाै । ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपालीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जाने नेपालीमा घैरुङ ५ गोर्खाका सरन कुँवर रहेका छन् । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर भदौ १५ गते पड्किँएका बताइएको छ ।

दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् ।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल ल्याइने बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका