परोपकार युवा समाज नेपालको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • परोपकार युवा समाज नेपालको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

परोपकार युवा समाज नेपालको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

परोपकार युवा समाज नेपालको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

भिम बिसि, अर्घाखाँची, २८  भादाैँ । परोपकार युवा समाज नेपालको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क शान्ती बगैचामा विश्व प्राथमिक उपचार दिवशको अबसर पारेर कोभिड १९ बाट मृत्यु हुनेहरुको चिरशान्तिको कामना तथा संक्रमितको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै साथै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी स्वास्थ्यकर्मीको उच्छ सम्मानमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्यको अध्यक्षता पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष हिम बहादुर जिसि लेकालिको प्रमुख आथित्यता रहेको थियो भने मानवअधिकार शान्ति समाज नेपालका सभापति अशोक पोख्रेल, पत्रकार महासंघको प्रदेश सदस्य शोभाखर पन्थी, सुर्योदय एफफमका अध्यक्ष , नागरिक दैनिक संबादाता लक्ष्मण घिमिरे, परोपकार युवा समाजका सदस्य नवीन बन्जाडे, नेपाल स्वयंसेवक संघ स्वाथ्य संगठन प्रदेश ५ का अध्यक्ष आकास भुसाल, नेपाल स्वयंसेवक संघ युवा संगठन जिल्ल्ला कोषाध्यक्ष हलिम खान लगयात सुरक्षाकर्मी तथा अन्य स्थानियहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिसि ले नेपाल जस्तो बिकासोन्मुख देशमा प्राथमिक उपचारको महत्त्व धेरै रहेको भन्दै यस्ले दुर्घटना बाट हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुराउने बताउनु भएको थियो ।

सथै उहाले कोभिड 19 को संक्रमण न्यूनीकरण गर्न आबश्यक सचेतता अपनाउन अग्रह गर्दै आयोजक संस्थालाइ धन्यवाद समेत दिनु भएको थियो । कार्यक्रमको संचालन पत्रकार एवं संस्थाका केन्द्रीय कोषाध्यक्ष भिम बि.सि ले गर्नु भएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका